नियम १०
परिवार नियोजन सेवा
(१) अनुसूची-४ मा उल्लेख भए बमोजिमको स्वास्थ्य संस्थाले सोही अनुसूचीमा उल्लेख भए बमोजिमका परिवार नियोजनका साधन र विधि सम्बन्धी सूचना, परामर्श तथा सेवा उपलब्ध गराउनु पर्नेछ ।
(२) उपनियम (१) का अतिरिक्त प्राविधिक रुपले उपयुक्त हुने परिवार नियोजन सम्बन्धी अन्य सेवा मन्त्रालयले तोके बमोजिम हुनेछ ।
(३) प्रजनन स्वास्थ्य सम्बन्धी सेवा सञ्चालन गर्ने प्रत्येक निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाले अनुसूची-५ मा उल्लेख भए बमोजिमको परिवार नियोजन सेवा उपलब्ध गराउनु पर्नेछ ।